जो बाइडेन अमेरिकाका ४६ औं राष्ट्रपति

लामो समयको प्रतीक्षापछि अन्ततः अमेरिकी राष्ट्रपतिमा को निर्वाचित भन्ने नतिजा आएको छ ।

पछिल्लो समय आएको मत परिणामअनुसार जो बाइडेन अब अमेरिकाका ४६ औं राष्ट्रपति बनेका छन् । ७८ वर्षका जो बाइडेन डेमोक्रेटिक पार्टीबाट अमेरिकी राष्ट्रपति निर्वाचनमा उम्मेदवार थिए । उनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गरेका हुन् । 

अमेरिकामा ३ नोभेम्बरमा भएको निर्वाचनमा जो बाइडेनले २७३ इलेक्टोरल भोट ल्याएका छन् । उनका प्रतिस्पर्धी डोनाल्ड ट्रम्पको अहिलेसम्म २ सय १३ इलेक्टोरल भोट आएको छ । 

अमेरिकामा राष्ट्रपति बन्नका लागि २ सय ७० इलेक्टोरल भोटको आवश्यकता पर्छ ।

यसअघि बाइडेन डेमोक्रेटिक पार्टीबाट बाराक ओबामा राष्ट्रपति हुँदा उपराष्ट्रपति थिए । उनी डेलवेयरका सबैभन्दा लामो समयसम्मका सिनेटर पनि हुन् । 

अहिलेको राष्ट्रपति निर्वाचनमा उनले ट्रम्पलाई पराजित गरेका हुन् । 



तर, ट्रम्पले अझै पनि यो नतिजालाई स्वीकार गरेका छैनन् । 



  • प्रकाशित मिति : कात्तिक २२, २०७७ शनिबार २२:३७:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया