अमेरिकी राष्ट्रपति निर्वाचनको अनुमानित नतिजा आइसकेर विभिन्न देशका नेता तथा राष्ट्रप्रमुखहरुले डेमोक्रेटिक पार्टीका जो बाइडेनलाई बधाई दिइरहेका छन् ।
तर, मेक्सिकोका राष्ट्रपति एन्ड्रेस मेनवेल लोपेस ओबाराडोरले अहिले नै बाइडेनलाई बधाई दिनु निकै हतारो हुने बताएका छन् । उनले अब अमेरिकामा कानुनी लडाइँ हुने भन्दै अहिले नै बाइडेनलाई बधाई दिन नहुने बताएका छन् ।
उनको यो संकेत ट्रम्पले त्यहाँ चुनावी धाँधली भएको आरोप लगाएको विषयमा हो । ट्रम्पले चुनाव र मत गणनामा धाँधली भएको भन्दै आफू अदालत जाने बताएका छन् ।
तर, यसमा उनले कुनै पनि प्रमाण प्रस्तुत गरेका छैनन् ।
उता, मेक्सिकोका राष्ट्रपतिले भने अहिले लापरवाही गरेर हतारो नगर्ने र बाइडेनलाई तत्काल बधाई नदिने बताएका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।