बाइडेनबारे चुपचाप किम जङ उन

अमेरिकाको पछिल्लो राजनीतिबारे निकै चासो दिने उत्तर कोरियाली नेता किम जङ उन पछिल्लो समय चुपचाप छन् । उनले सोमबारसम्म अमेरिकामा राष्ट्रपति निर्वाचित जो बाइडेनलाई कुनै पनि बधाई सन्देश पठाएका छैनन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पछिल्लो समय राम्रो सम्बन्ध विकास गरेका किमले यसलाई कुनै वास्ता नगर्नु चीन र रुसको कारण भएको हुनसक्ने अनुमान गरिएको छ । 

चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि यसबारे अहिलेसम्म केही बताएका छैनन् ।

सन् २०१६ मा भएको निर्वाचनमा चाहिँ दुई दिनपछि किमले प्रतिक्रिया दिएका थिए । त्यति बेला उनले ट्रम्पलाई भनेका थिए– आइक्यू जिरो भएको मूर्ख नेता । 

तर, यी दुईबीच यसबीचमा तीन पटक ऐतिहासिक भेट भएको छ ।





  • प्रकाशित मिति : कात्तिक २४, २०७७ साेमबार २१:४३:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया