‘कोरोनाले सबै खेलका तालिका प्रभावित’
राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला ।

कोरोना महामारी नभएको भए यतिबेला खेलकुदको माहोल निकै उचाइमा हुन्थ्यो । कतार विश्वकप फुटबल छनोट खेलले फुटबलको माहोल बनाउँदा क्रिकेटको अन्तर्राष्ट्रिय भ्रमणले नेपाली खेलकुद चर्चित हुने थियो । राष्ट्रिय खेलाडीहरु फागुनको तेस्रो साता गण्डकी प्रदेशमा तय भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तीब्र तयारीमा व्यस्त हुन्थे ।  तर, कोरोनाले वर्ष भरिको तालिका प्रभावित गराउँदा खेलाडीदेखि पदाधिकारीमा नैराश्य छाएको छ ।

कोरोना महामारीले धेरै क्षेत्रलाई प्रभावित बनाउँदा खेलकुद क्षेत्र पनि उत्तिकै प्रभावित बनेको छ । विश्वलाई घुँडा टेकाएको कोरोना भाइरस नियन्त्रणमा आउन नसक्दा विकल्पको खोजी भइरहेको छ । नेपालमा कोरोना भने यस विषयमा खासै तयारी गर्न सकेको देखिँदैन । 

फुटबलको विश्वकप छनोट तालिका अन्तिम समयमा आएर स्थगित हुँदा खेलाडीमा निराशा छाएको छ ।  सरकारले गर्दै आएको राष्ट्रिय खेलकुद प्रतियोगिता पनि अन्योलमा परेको छ । पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता बारे कोभिडका कारण अन्योल भएको र बोर्ड बैठकपछि मात्र थाहा हुने राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाले बताए ।

यसअघि पूर्वाधारको चुनौतीका बाबजुद पनि प्रतियोगिता सञ्चालन गरी समापन भएका उदाहरण छन् । तर, पोखराको आयोजनामा पूर्वाधारको समस्या नहुने पनि कोइरालाले बताए । उनले खेलकुद चलायमान बनाउन खेलाडीदेखि सम्बन्धित संघबाट तत्परता देखाउनु पर्ने र सहयोगका लागि परिषद् तयारी रहेको स्पष्ट पारे ।

कोरोना महामारीका बीचमा घरेलु केही चर्चित प्रतियोगिता हुनै पाएनन् । मुखैमा आएको फ्रोन्चाइज क्रिकेट लिए, एभरेस्ट प्रिमियर लिग रोकिए । तालिका रहेको पोखरा प्रिमियर लिग पनि कोरोनाको चपेटामा पर्‍यो । साथै मोफसलमा हुने धेरै गोल्डकपदेखि फुटबलका डिभिजन लिगहरुमा कोरोनाको असर देखियो । छिट फुटबाहेक एकलदेखि युगल सम्मका खेलकुद गतिविधि अझै फर्किन सकेका छैनन् ।

महामारी मापदण्ड अपनाउँदै खेलमा फर्किने वातावरण खेलाडीदेखि खेलसम्बधी पदाधिकारीले खोजी रहेका छन् । खेलकुदलाई चलायमान बनाउन पहल भइरहेको उपाध्यक्ष कोइरालाले बताए ।



तय भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल तालिकामा असर देखिँदा खेलाडीमा अहिले नैराश्य देखिएको छ । ९ महिना भन्दा लामो समय खेलाडी खेलकुद गतिविधिबाट बाहिर रहँदा यस्तो असर देखिएको हो । खेलकुद जीवन हो भन्दै होमिएका खेलाडीमा नकारात्मक असर देखिन थालेको छ । सार्वजनिक कार्यक्रममा खेलाडी राष्ट्रका गहना हुन भन्दै अभिव्यक्ति दिने नियामक निकायका पदाधिकारीले अब भने खेलाडीको भविष्यको बारेमा सोच्ने बेला आएको छ ।



  • प्रकाशित मिति : कात्तिक २५, २०७७ मंगलबार १८:५४:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया