१९१३ संक्रमित थपिए, २३४९ डिस्चार्ज, १५ जनाको मृत्यु
फाइल फोटो

पछिल्लो २४ घण्टामा १९१३ कोरोना संक्रमित थपिएका छन् ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दिएको विवरण अनुसार थप १९१३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

हालसम्म जम्मा संक्रमितको संख्या  २ लाख ४ हजार २४२ पुगेको छ। 
 
मन्त्रालयको विवरण अनुसार २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या २३४९ रहेको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ६४ हजार ५९२ छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ४६१ रहेको मन्त्रालयले जनाएको छ। 

आईसीयूमा उपचाररत संक्रमितको संख्या  ३९८  र भेन्टिलेटरमा ८२ जना संक्रमित छन्। 

२४ घण्टामा मृत्यु  हुने  संक्रमितको संख्या १५ रहेको छ । नेपालमा कोरोनाबाट  मृत्यु हुनेको जम्मा संख्या ११८९ पुगेको छ ।





  • प्रकाशित मिति : कात्तिक २७, २०७७ बिहीबार १६:३७:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया