नेपाल–बङ्गलादेश हेड टु हेड

नेपाली पुरुष सिनियर फुटबल टिम करिब १ वर्षपछि मैदानमा उत्रिँदैछ । शुक्रबार (आज) नेपाले घरेलु टोली बङ्गलादेशसँग पहिलो मैत्रिपूर्ण खेल खेल्दैछ । खेल स्थानीय समयअनुसार साँझ ५ बजे ढाकास्थित बङ्बन्धु राष्ट्रिय फुटबल मैदानमा हुनेछ । नेपाल बालगोपाल महर्जनको प्रशिक्षण र गोलरक्षक किरण चेम्जोङ्गको कप्तानीमा मैदानमा उत्रिनेछ । 
नेपाल गत वर्ष विश्वकप तथा एसियाकप छनोटको दोस्रो चरण अन्तर्गत कुबेतसँग खेले यता पहिलोपटक मैदानमा उत्रिँदैछ । नोभेम्बर १९ मा भएको उक्त खेलमा नेपाल १–० ले पराजित भएको थियो ।
 नेपाल र बङ्गलादेशले पहिलोपटक सन् १९८३ मा एक अर्काको सामना गरेका थिए । मर्डेका कप अन्तर्गत भएको खेलमा बङ्गलादेश १–० ले विजयी भएको थियो । पछिल्लोपटक यी दुई टोलीले सन् २०१८ मा साफ च्याम्पियनसिप अन्तर्गत समूह चरणमा एक अर्काको सामना गरेका थिए । उक्त खेलमा नेपाल २—० ले विजयी भएको थियो ।
नेपाल र बङ्गलादेशले हालसम्म १९ खेलमा प्रतिस्पर्धा गर्दा बङ्गलादेशले १२ र नेपालले ६ खेल आफ्नो पक्षमा पारेका छन् । एक खेल बराबरीमा टुङ्गिएको छ । पछिल्ला पाँच खेलमा भने नेपाल बलियो देखिन्छ ।
पछिल्ला पाँच खेलमा नेपाल ३ खेलमा विजयी हुँदा बङ्गलादेश १ खेलमा विजयी भएको छ भने एक खेल बराबरीमा टुङ्गिएको छ । नेपालले बङ्गलादेशविरुद्ध १७ गोल गर्दा ३२ गोल खाएको छ । नेपालले बङ्गलादेशविरुद्ध निकालेको सबैभन्दा ठूलो जित ४–२ को हो । १९८४ को साफ (हाल साग) गेम्समा दुईपटक यो नतिजा निकालेको थियो । 
५–० को हार नेपालले बङ्गलादेशसँग बेहोरेको सबैभन्दा ठूलो पराजय हो । नेपालले १९८४ मै साफका २ खेलमा यति ठूलो पराजय बेहोरेको थियो । 
 नेपाल र बङ्गलादेशले तेस्रोपटक मैत्रिपूर्ण खेलमा प्रतिस्पर्धा गर्न लागेका हुन् । यसअघि सन् १९९५ मा भएको मैत्रिपूर्ण खेल बङ्गलादेशले २–१ ले आफ्नो पक्षमा पार्दा । सन् २०१२ को मैत्रिपूर्ण खेल १–१ को बराबरीमा सकिएको थियो ।

यस्तो छ नेपाल र बङ्गलादेशको हेड टु हेड





  • प्रकाशित मिति : कात्तिक २८, २०७७ शुक्रबार १२:२३:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया