काठमाडौं उपत्यकामा थप ११०७ जनालाई कोरोना

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार १०७ जनालाई कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १ हजार ९४५ लाई कोरोना पुष्टि भएकोमा उपत्यकाका १ हजार १०७ जना रहेका छन् । मन्त्रालयका अनुसार १० हजार ३४० जनाको पिसिआर परीक्षण भयो ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९६५  पुगेको छ भने निको हुनेको संख्या १ लाख ९१  हजार २ रहेको छ । यस्तै २२ संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार २९८ पुगेको छ  ।

सक्रिय संक्रमितको संख्या २४ हजार ६६५ रहेको रहेको छ । संक्रमितमध्ये होम आइसोलेसनमा १९ हजार १४ जना छन् । अहिले आइसियुमा ४०३ र भेन्टिलेटरमा ६३ जनाको उपचार भइरहेको छ । 





  • प्रकाशित मिति : मंसिर ५, २०७७ शुक्रबार १६:३०:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया