थपिएका  संक्रमित १९४५,  डिस्चार्ज ५३६५ , मृत्यु हुने २२

पछिल्लो २४ घण्टामा १९४५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले आज दिउँसो अध्यावधिक गरेको विवरण अनुसार  १९४५  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

यो सँगै नेपालको जम्मा संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ । 

पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ५३६५ छ । हालसम्म डिस्चार्ज हुने जम्मा संख्या १ लाख ९१ हजार २ पुगेको मन्त्रालयले जनाएको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार अहिले नेपालमा सक्रिय संक्रमितको संख्या २४ हजार ६६५ रहेको छ । 

२४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ जना रहेको छ । नेपालमा हालसम्म कोरोनाबाट १२९८ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।





  • प्रकाशित मिति : मंसिर ५, २०७७ शुक्रबार १६:३४:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया