ब्राजिलमा कोरोना संक्रमितको संख्या ६० लाख नाघ्यो

ब्राजिलमा गएको २४ घण्टाभित्र शुक्रबार मात्र ३८ हजार जनाभन्दा बढी नयाँ संक्रमित भेटिएका छन् । सो कुरा यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको समाचारमा जनाइएको छ ।

योसँगै ब्राजिलमा कोरोना संक्रमितहरुको संख्या ६० लाख २० हजार १६४ जना पुगेको बताइएको हो ।

उक्त मन्त्रालयका अनुसार यहाँ यो संक्रमणबाट गएको २४ घन्टामा ५५२ जनाको ज्यान गएको छ । यो सँगै यहाँ १ लाख ६८ हजार ६१३ जनाको ज्यान गएको बताइएको छ ।

कोरोना भाइरसबाट सबैभन्दा बढी मृत्यु हुनेमा ब्राजिल अमेरिकापछिको देस्रो स्थानमा पर्ने देश हो । त्यसैगरी ब्राजिल कोरोना भाइरसका संक्रमित हुनेमा अमेरिका र भारतपछिको तेस्रो देशमा पर्दछ ।

पछिल्ला साताहरुमा ब्राजिमा कोभिडका संक्रमितहरुको संख्या दिन प्रतिदिन बढेको पाइएको छ । यहाँका अधिकारीहरुले खासगरी साओ पाओलोमा यसका  संक्रमितहरु बढी भेटिएका बताइएको छ ।





  • प्रकाशित मिति : मंसिर ६, २०७७ शनिबार १२:१०:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया