दिल्लीमा मात्रै एकैदिनमा ११८ जनाको मृत्यु
भारतको केन्द्रीय राजधानी दिल्लीमा मात्रै कोरोना भाइरसबाट एकैदिनमा कम्तीमा ११८ जनाको मृत्यु भएको छ । दिल्ली प्रदेश सरकारले प्रकाशित गरेको स्वास्थ्य बुलेटिनमा दिल्लीमा मात्रै कुल ८ हजार १५९ जनाको मृत्यु भएको उल्लेख गरिएको छ ।
                               
                                  

                            सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार दिल्लीमा कोरोनाका कारण अहिलेसम्म सङ्क्रमित भएकाहरुको कुल संख्या ५ लाख १७ हजार २३८ पुगेको छ । पछिल्लो २४ घण्टामा कुल सङ्क्रमितको संख्या भने ६ हजार ६०८ रहेको अधिकारीहरुले जानकारी दिएका छन् । 
                              
                            कुल सङ्क्रमितमध्ये अहिलेसम्म ४ लाख ६८ हजार १४३ जना सङ्क्रमणमुक्त भएका छन् । तीमध्ये पछिल्लो २४ घण्टामा ८ हजार ७७५ जना सङ्क्रमणमुक्त भएका हुन् । भारतको केन्द्रीय राजधानीमा अहिले पनि ४० हजार ९३६ जना सङ्क्रमित अवस्थामै रहेका छन् । 
                              
                            
                            दिल्ली स्वास्थ्य विभागले पछिल्लो २४ घण्टामा ६२ हजार ४२५ जनाको कोरोना परीक्षण गरिएको पनि जानकारी दिएको छ । भारतको दिल्लीमा  केही समययता कोरोना भाइरसको सङ्क्रमण न्यून देखिए पनि अहिले पछिल्लो समयमा फेरि वृद्धि भएको छ ।
                              
                                तिव्र रुपमा फैलिएको कोरोना भाइरसको महामारी नियन्त्रणका लागि घर घरमा सर्वेक्षण तथा परीक्षण गर्ने क्रमलाई पनि तिव्रता दिएको अधिकारीहरुले बताएका छन् । त्यसैगरी सार्वजनिक स्थलमा रहेका बेला मास्क नलगाउनेहरुलाई २ हजार जरिवाना तिराउने निर्णय पनि प्रदेश सरकारले गरेको छ । यसअघि ५ सय रुपैयाँ मात्रै रहेको जरिवानालाई एकाएक वृद्धि गरेर २ हजार बनाइएको हो । 
त्यस बाहेक अन्य पनि धेरै प्रयासहरु भइरहेको मुख्यमन्त्री अरविन्द केजरीवालले जानकारी दिएका छन् ।




  • प्रकाशित मिति : मंसिर ६, २०७७ शनिबार १७:४:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया