ट्रम्पले अहिलेसम्म हार मानेका छैनन्, अब के हुन्छ ?

दुई साता भइसकेको छ, अमेरिकी निर्वाचनको मत परिणाम आइसकेको छ । त्यहाँ डेमोक्रेटिक पार्टीका नेता जो बाइडेनले राष्ट्रपतिका रुपमा आफ्नो काम पनि सुरु गरिसकेका छन् ।

तर, अझै पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले हार स्वीकार गरेका छैनन् । 

हो, उनले जर्जिया र मिसिगनमा रिकाउन्टका लागि निवेदन पनि दिएका थिए । तीमध्ये जर्जियामा त अब आधिकारिक रुपमा नै जो बाइडेन विजयी भएको नतिजा आइसकेको छ ।

तर, ट्रम्पले अझै आफ्नो हार स्वीकार गर्ने सम्भावना कम देखाएका छन् । आखिर अन्तिम सम्म पनि ट्रम्पले हार स्वीकार गरेनन् भने के हुन्छ ?

जे होस्, अब ट्रम्पले हार स्वीकार गरे पनि नगरे पनि २० जनवरीमा अपराह्न १२ बजेर १ मिनेट जाँदा अमेरिकाका ४६ औं राष्ट्रपति हुनेछन्, जो बाइडेन । 

त्यस्तो समयमा अमेरिकी सेना पूर्वराष्ट्रपतिसँग त्यस्तै व्यवहार गर्न बाध्य हुनेछ जस्तो उसले सरकारी सम्पत्तिमा रहेका स्वतन्त्र अनाधिकृत व्यक्तिसँग गर्छन् । 





  • प्रकाशित मिति : मंसिर ६, २०७७ शनिबार २२:१९:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया