देशका ११ हजार ८३ वटा निकायमा ब्रोडब्याण्ड इन्टरनेट सेवा

देशभर इन्टरनेट सेवा पुर्याउने उद्देश्यले सञ्चालित परियोजना अन्तर्गत हालसम्म ११ हजार ८३ वटा निकायमा ब्रोडब्यान्ड इन्टरनेट सेवा पुगेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले थालेको परियोजनाअन्तर्गत कात्तिक मसान्तसम्म पालिका, वडा कार्यालय, विद्यालय र स्वास्थ्य चौकी गरी ११ हजार ८३ स्थानमा इन्टरनेट जडान सम्पन्न भइसकेको हो ।

अहिलेसम्म ६९ दशमलव ३७ प्रतिशत सम्पन्न भइसकेको इन्टरनेट जडानको काम अझै चार हजार आठ सय ९६ निकायमा बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

ग्रामीण दूरसञ्चार कोषको रकम परिचालन गरेर अघि बढाइएको ब्रोडब्यान्ड इन्टरनेट परियोजना अन्तर्गत अहिलेसम्म ५५ जिल्लामा इन्टरनेट पहुँच पुगेकोमा ४६ जिल्लामा शतप्रतिशत काम सम्पन्न भइसकेको प्राधिकरणले जनाएको छ ।

पाँच अर्ब ६७ करोड ४६ लाख ९१ हजार रुपैयाँ लागतको परियोजनाको लागि १८ वटा प्याकेजमा काम भइरहेको छ ।  अहिलेसम्म दुई अर्ब ७१ करोड ८१ लाख रुपैयाँ भुक्तानी भइसकेको प्राधिकरणले जनाएको छ ।  





  • प्रकाशित मिति : मंसिर १०, २०७७ बुधबार १५:४९:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया