वरिष्ठ परमाणु वैज्ञानिक मारिएपछि इरानले भन्यो– बदला लिनेछौँ

इरानको रक्षा मन्त्रालयले आफ्नो देशमा एक शीर्ष परमाणु वैज्ञानिक मोहसिन फखरीजादेहको हत्या भएको पुष्टि गरेको छ । 

उनीमाथि इरानको राजधानी तेहरानसँग जोडिएको सहर अबसार्डमा आक्रमण गरिएको थियो । उनलाई त्यहाँबाट स्थानीय अस्पतालमा लगिएको थियो तर अस्पतालमा उनलाई बचाउन सकिएन ।

इरानका विदेशमन्त्री मोहम्मद जवाद जरिफले फखरीजादेहको हत्याको निन्दा गरेका छन् । अनि यसलाई राज्य प्रायोजित आतंककारी आक्रमण भनेका छन् । 

पश्चिमा देशका जासूसी संस्थाहरुले यसअघि इरानमा परमाणु हतियार कार्यक्रमका पछाडि मोहसिनको संलग्नता रहेको बताउँदै आएका थिए ।

उनलाई इरानी परमाणु बमका पिता पनि भनिने गरिएको थियो । सन् २०१० देखि सन् २०१२ मा यसअघि इरानमा चार परमाणु वैज्ञानिकको हत्या गरिएको थियो । इरानले यसमा इजरायल जिम्मेवार रहेको आरोप लगाउँदै आएको छ ।

शुक्रबार यो घटनापछि इरानको रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गरेको छ । 



इरानका विदेशमन्त्री जवाद जरिफले ट्विट गर्दै आफ्नो वैज्ञानिकको हत्याको बदला लिने बताएका छन् । 

यसपटक पनि यो हत्या इजरायलले गरेको हुनसक्ने इरानमा आशंका गरिएको छ । तर, इजरायलले यसबारे कुनै प्रतिक्रिया दिएको छैन । 




  • प्रकाशित मिति : मंसिर १३, २०७७ शनिबार ३:२३:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया