प्रोफेसर सारह गिल्बर्टले आफ्नो मनलाई सुनेको भए, अहिले विश्व महामारी बनेको कोरोनाभाइरसविरुद्ध सबैभन्दा प्रभावकारी देखिएको भ्याक्सिनबारे यति छिटै सुखद समाचारहरु सुन्न सकिने सम्भावना कम हुन्थ्यो ।
अथवा अक्सफोर्ड विश्वविद्यालयमा बनाइएको भनिएको भ्याक्सिन यति छिटो नबन्न सक्थ्यो । यसले अर्कै मोड लिन सक्थ्यो, जसरी सारहले आफ्नो मनलाई सुनेको भए उनको जीवनले अर्कै मोड लिन्थ्यो ।
वर्षौअघि पिएचडीका लागि अध्ययन गर्दा उनले विज्ञानमा के लिने भन्ने विषयमा सोचेकी थिइन् । अनि हल विश्वविद्यालयमा आइपुग्दा उनले जे गरिन्, त्यसको परिणाम अहिले विश्वले पाउन थाल्दै छ ।
‘त्यति बेला मैले विज्ञानको अध्ययनलाई छोड्ने मन गरेँ र अरु नै केही गरौँ कि भन्ने सोचेकी थिएँ, यो निकै गहिरो विषय हो भन्ने लागेको थियो,’ उनले बिबिसीसँग भनेकी थिइन्, ‘तर, फेरि पछि होइन, म वैज्ञानिकको करिअर रोज्छु भन्नेमा लागेँ, मलाई केही आम्दानी गर्नु थियो ।’
यो त्यही निर्णय थियो जसका कारण केही दिनअघि विश्वभर सबैभन्दा बढी प्राथमिकता पाएको कोरोनाभाइरस भ्याक्सिनबारे समाचार बन्यो ।
अक्सफोर्डको यो भ्याक्सिनले अहिले ७० प्रतिशत मानिसलाई त कोरोना हुनबाटै बचाउने देखाइसकेको छ । यसमाथि अझ बृहत् अध्ययन हुँदा यो ९० प्रतिशतभन्दा बढी प्रभावकारी भएको मानिएको छ ।
सन् १९६२ को अप्रिलमा जन्मिएकी सारह खासमा जुत्ता व्यापारी बाबु र शिक्षिका आमाकी छोरी हुन् ।
सन् १९९० को दशकको बीचमा आइपुग्दा चाहिँ उनले अक्सफोर्ड विश्वविद्यालयमा मलेरियामाथि अनुसन्धान गर्न थालेकी थिइन् । अनि त्यसले गर्दा नै मलेरियाविरुद्धको भ्याक्सिन बनेको थियो ।
मलेरियाको भ्याक्सिन बन्नुको श्रेय पनि सारहलाई नै जान्छ ।
सन् २०१४ मा सारहले नै इबोला महामारीविरुद्धको भ्याक्सिन पनि बनाएकी थिइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।