सत्तारुढ दलले सत्तासंघर्ष व्यवस्थापन गर्न संसद खुलाएनः कांग्रेस सहमहामन्त्री

नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले सत्ता संघर्षलाई व्यवस्थापन गर्न सत्तारुढ दलले लामो समयसम्म संसद बन्द राखेको आरोप लगाएका छन् । महामारीको समयमा पनि संसद बन्द गरेर सत्तारुढ दलले आफ्नो पार्टी भित्रको सत्ता संघर्षको खेललाई व्यवस्थित गर्न ध्यान दिएको आरोप उनले लगाए । 

नेपाल सांस्कृतिक संघका पदाधिकारीहरुसँको अन्तरक्रियामा महतले पाँच महिना लामो लकडाउन र निषेधाज्ञा खुले पनि आर्थिक र सामाजिक जीवन आफ्नो लयमा फर्किन नसकेको बताए । उनले सत्तारुढ दलले राज्यका संयन्त्रलाई प्रभावमा पारेर जनतालाई झुक्याइरहेको समेत बताए । 

प्रतिपक्षी दल कांग्रेसले कोरोनाविरुद्ध सचेतना अभियान, प्रत्यक्ष कोभिड प्रभावितहरुको आवाज सरकारसम्म पुर्याउने विषयलाई मुख्य प्राथमिकताका साथ उठाए पनि सरकारले आफ्नो कुरा सहज रुपमा नसुनेको महतले बताए ।  

संक्रमणको जोखिमका कारण बाहिर निस्किन सक्ने अवस्था नभएको फाइदा उठाउँदै सरकारले संसद बन्द गरी आफ्नो सुरक्षा कवचका रुपमा प्रयोग गरिरहेको आरोप समेत उनले लगाए । 

कांग्रेसको कोभिड—१९ अनुगमन समितिका संयोजक समेत रहेका महतसँग सांस्कृतिक संघका पदाधिकारीले निश्चित मापदण्ड बनाएर चलचित्रसँग सम्बन्धित सम्पूर्ण विधालाई खुला गर्न पहल गर्न आग्रह गरेका थिए । 





  • प्रकाशित मिति : मंसिर १५, २०७७ साेमबार १८:५०:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया