नेपालका ‘ए’ डिभिजन क्लबहरू एएफसी क्लब लाइसेन्सका लागि अयोग्य

नेपालको शीर्ष फुटबल लिग सहिद स्मारक ‘ए’ डिभिजिन लिग खेल्ने १३ क्लब एएफसीको क्लब लाइसेन्सका लागि अयोग्य भएका छन् । ती क्लबहरूले लाइसेन्सका लागि दिएको आवेदन एएफसीले अस्विकार गरेको हो ।  

एएफसी क्लब लाइसेन्स नदिएपछि नेपालका क्लबहरूले एएफसीले सन् २०२१ मा आयोजना गर्ने कुनै पनि आधिकारिक प्रतियोगितामा भाग लिन पाउने छैनन् । 

सन् २०२१ का लागि नेपालका १३ ए डिभिजन क्लबले आवेदन दिएकोमा कुनै पनि क्लबले मापदण्ड पूरा गर्न नसकेकाले एएफसीले आवेदन अस्विकार गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । सरस्वती क्लब गत वर्ष ‘बी’ डिभिजनमा झरेकाले उसले क्लब लाइसेन्सका लागि आवेदन दिएको थिएन ।

एएफसीको फस्ट इन्स्टयान्ट बडी (एफआईबी) डकुमेन्टका आधारमा नेपाली क्लबहरूलाई लाइसेन्स नदिने निर्णय गरेको हो । गत वर्ष गलत तरिकाले क्लब लाइसेन्स दिएको भन्दै एएफसीले एन्फालाई १० हजार अमेरिकी डलर जरिवाना गराएको थियो । 

एएफसीले विभागीय टिम त्रिभुवन आर्मी क्लबले एएफसी लाइसेन्सका लागि गरेको प्रयासप्रति भने सकारात्मक प्रतिक्रिया दिएको छ । 

एएफसीले क्लब लाइसेन्सका लागि मुख्य ५ बुँदे मापदण्ड बनाएको छ । ती भित्र १९ सहायक बुँदा छन् । क्लब लाइसेन्सका लागि आफ्नै खेल मैदान, युवा टोली,  खेलाडीका लागि होस्टेल, एकेडेमी, प्रशिक्षणस्थल, प्रशिक्षक तथा अफिसियल अनुबन्ध लगायत छन् । 



त्यस्तै कानुनी प्रक्रिया पूरा गरेको हुनुपर्ने छ । क्लबको वार्षिक बजेट, अडिट रिपोर्ट तथा कर चुक्ता गरेको प्रमाण पनि पेस गर्नु पर्नेछ ।



  • प्रकाशित मिति : मंसिर १६, २०७७ मंगलबार ११:५५:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया