२४ घण्टामा थप २१ कोरोना संक्रमितको मृत्यु, मृतक संख्या १५२९ पुग्यो

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट २१ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५२९ पुगेको छ ।

आज देशभर १ हजार ३०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, २ हजार ७३ जना कोरोनामुक्त भएका छन् । 

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३४ हजार ७५६ पुगेको छ भने निको हुनेको संख्या २ लाख १६ हजार ५९४ रहेको छ । अहिले सक्रिय संक्रमितको संख्या १६ हजार ६६३ रहेको छ । 





  • प्रकाशित मिति : मंसिर १६, २०७७ मंगलबार १६:३६:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया