सल्यानमा बस दुर्घटना, २२ घाइतेमध्ये ६ को अवस्था गम्भीर
फरकधार / १७ मंसिर, २०७७

सल्यानमा यात्रुबाहक बस दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन् । नेपालगन्जबाट रुकुम पश्चिमको चौरजहरी जाँदै गरेको ना४ख ६७१५ नम्बर यात्रुबाहक बस सल्यानको कुमाख गाउँपालिका २ खारखोलामा दुर्घटना भएको हो । 



बस करिब साढे ४ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । बस सडकबाट करिब ३० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक श्यामप्रकाश यादवले जानकारी दिए ।  

घाइते २२ मध्ये ६ जनाको अवस्था गम्भीर भएको र थप उपचारका लागि नेपालगञ्ज पठाइएको यादवले जानकारी दिए । घाइतेहरुको उद्धारका लागि इलाका प्रहरी कार्यालय राकेचौर र प्रहरी चौकी नेटाबाट प्रहरी खटिएको उनको भनाइ छ । 
 



  • प्रकाशित मिति : मंसिर १७, २०७७ बुधबार १९:२३:४१,   अन्तिम अपडेट : मंसिर १७, २०७७ बुधबार १९:२४:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया