केपी ओली पार्टी विभाजनतर्फ अग्रसर भएको वामदेवको आरोप

नेकपाका उपाध्यक्ष वामदेव गौतमले नेकपाको आगामी बैठकमा दुई अध्यक्षको छुट्टाछुट्टै प्रस्तावमा छलफल हुने बताएका छन् । बिहीबार आफ्नै निवासमा युवा विद्यार्थीसँगको भेटमा नेता गौतमले अध्यक्ष केपी ओली पार्टी विभाजनतर्फ अग्रसर भएको आरोप लगाए । 

अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङको नेतृत्वमा विद्यार्थीहरु गौतमलाई भेट्न बिहीबार उनकै निवासमा पुगेका थिए । तामाङसँगै सो संगठनका दिपेश पुन, माधव पन्त, सुदीप शर्मा, तिलकराज भण्डारी, पञ्चा सिंह, विजय पौडेल, दीपक बुढाथोकी, कमल ढुंगाना, गोविन्द श्रेष्ठ, डा. निश्चल गुप्ता, नरेश न्यौपाने, समित थापा, दिनेश लो, सुमन आचार्य, सञ्जिव देवकोटा, केदार बुढाथोकी, सुरेश पराजुली र ओसिम अलामलगायत विद्यार्थी नेता गौतमनिवास पुगेका थिए । 

सो भेटमा गौतमले प्रधानमन्त्रीले बैठकमै नआउने, बैठक बहिष्कार गर्ने गरेर कम्युनिस्ट विधि, आचरणविपरीत व्यवहार प्रदर्शन गरेको आरोप लगाएका थिए । अहिलेको अवरोधको कारक ओली नै भएको भन्दै उनले ओली पार्टी विभाजनतर्फ उन्मुख भएको आरोप लगाएका थिए । 

प्रधानमन्त्रीको शैली हेर्दा उनी पार्टी मिलाउनुपर्छ, एकता बचाउनुपर्छ भन्नेमा नभई सङ्कटकाल लगाएर संसद् विघटन गर्नेतर्फ उन्मुख भएको गौतमको आरोप थियो । 





  • प्रकाशित मिति : मंसिर १८, २०७७ बिहीबार २१:८:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया