चन्द्रमाको सतहमा अमेरिकापछि चीनले गाड्यो राष्ट्रिय झण्डा

अमेरिकापछि चन्द्रमाको सतहमा राष्ट्रिय झण्डा गाड्न चीन सफल भएको छ । अमेरिकाले चन्द्रमामा झण्डा गाडेको ५० वर्षपछि चीनले चन्द्रमाको सतहमा आफ्नो राष्ट्रिय झण्डा सफलतापूर्वक गाडेको हो । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बिहीबार ‘चाङ ए-५’ ले चन्द्रमामा झण्डा देखिने तस्बिर खिचेको हो । अमेरिकाले सन् १९६९ मा एपोलो–११ को साहायतामा चन्द्रमामा झण्डा गाडेको थियो । चीन तेस्रो पटकको प्रयासमा सफल भएको हो । 

‘नेश्नल स्पेश एडमिनिस्ट्रेशन’ ले सार्वजनिक गरेको तस्बिरमा चिनियाँ झण्डा चन्द्रमाको सतहमा ठडिएको देखिएको छ । 

चीनले चन्द्रमामा गाडेको झन्डाको तौल एक किलोग्राम रहेको उल्लेख गरिएको छ । दुई मिटर फराकिलो र ९० सेन्टिमिटर अग्लो झण्डालाई चिसोबाट सुरक्षित गरेर राखिएको चिनियाँ दाबी छ । 

यो झण्डाका निर्माता चेङ चाङले यो अरु सामान्य झण्डा भन्दा विल्कुल फरक रहेको बताएका छन् । अरु सामान्य झण्डा चन्द्रमामा रहन नसक्ने उनको भनाइ छ ।




 



  • प्रकाशित मिति : मंसिर २०, २०७७ शनिबार ६:५४:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया