अर्जेन्टिनामा गरिबलाई सहयोग गर्न धनीलाई लगाइयो कर

ल्याटिन अमेरिकी देश अर्जेन्टिनामा कोरोनाभाइरस महामारीबीच एक नयाँ सम्पत्ति कानुन पास गरिएको छ । यो कानुन पारित भएसँगै अब त्यहाँ पूँजीपतिमाथि विशेष कर लगाइएको छ । 

त्यहाँको सरकारले यसरी धनीहरुबाट लिइएको करलाई प्रयोग गरेर गरिबहरुलाई अतिआवश्यक वस्तु दिने बताएको छ । 

त्यहाँ शुक्रबार सिनेटमा लखपतीमाथि कर भन्ने विशेष कानुन ल्याइएको हो । यसको पक्षमा त्यहाँ ४२ सांसद थिए भने विपक्षमा २६ सांसदले मत हाले । 

यो कानुनअनुसार अहिले त्यहाँ पहिलो पटक यस्तो कर लगाइएको हो । यो कानुनअनुसार अब त्यहाँ २० करोड पेसो अर्थात् करिब २९ करोड नेपाली रुपैयाँभन्दा धेरै सम्पत्ति हुनेले विशेष कर तिर्नु पर्छ । त्यहाँ १२ हजारभन्दा धेरै मानिससँग योभन्दा धेरै सम्पत्ति भएको मानिएको छ ।
 

अर्जेन्टिना कोरोनाका कारण विश्वमा सबैभन्दा प्रभावित देशमध्ये एक हो । त्यहाँ अहिलेसम्म कोरोनाका कारण १५ लाख मानिस संक्रमित भएका छन् भने ४० हजारले ज्यान गुमाएका छन् ।

सरकारले यसरी उठाएको करलाई विभिन्न शीर्षकमा गरिबलाई बाँड्ने बताएको छ ।





  • प्रकाशित मिति : मंसिर २१, २०७७ आइतबार १४:९:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया