अस्ट्रेलियाकी एक युवातीले आँपको कोयाबाट बनाएको पोशाक लगाउको भिडियो भाइरल बनेको छ । अस्टैलियाको क्वीन्सल्याण्डमा निवासी १८ वर्षीय जेस कोलिन्सको भिडियो संसारभर चर्चित बनेको हो ।
उनले कोलिप्सो नामको आँपको कोयाबाट कपडा बनाएकी हुन् । उनी आँपको बैगैँचामा हुर्किएकी हुन् । बिक्री नभएर आँप खेर गएको देखेपछि त्यसको कसरी उपयोग गर्न सकिन्छ भनेर सोच्दै जाँदा उनले यसरी कपडा बनाउने निर्णय गरेकी थिइन् ।
आँपको बाहिरको भाग फालेर कोया निकाली प्रेसर क्लिनरले सफा गरी उनले पहिरनका लागि कोया तयार पारेकी थिइन् । उनले करिब चार महिना लगाएर १४ सय जति कोयाको प्रयोग गरेर कपडा बनाएको जानकारी दिएकी छिन् ।
उनको यस्तो काम देखेरे धेरैले आश्चर्य प्रकट गर्दै उनलाई पागलको संज्ञा दिए । उनले विद्यालयको माध्यामिक तह उतीर्ण गरेपछि आयोजना गरिएको पार्टीमा यो पहिरन लगाएर सहभागी भइन् ।
त्यसपछि उनी चर्चित बनेकी हुन् । आफ्नो यो कामबाट धेरै खुसी भएको कोलिन्सले बताएकी छिन् ।
भिडियो हेर्नुहोस्https://www.bbc.com/news/av/world-australia-55141163
बीबीसीबाट
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।