देशभर थप १०१४ जनालाई कोरोना, सक्रिय संक्रमित १२९४८

पछिल्लो २४ घण्टामा देशभर १ हजार १४ कोरोना भाइरस संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  १ हजार १४ लाई कोरोना पोजेटिभ देखिएको हो । 

आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये २ लाख २७ हजार ४३३ जना निको भएका छन् । २४ घण्टामा १६२८ संक्रमित  कोरोनामुक्त भएका छन् । 

यस्तै २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार ६१४ पुगेको छ । सक्रिय संक्रमितको संख्या १२ हजार ९४८ रहेको छ ।





  • प्रकाशित मिति : मंसिर २२, २०७७ साेमबार १६:३१:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया