बैतडीमा पश्चिम सेती निर्माणको माग गर्दै बोलन्या थली नामक संस्थाले ‘सपनाका ७५० डोका’ प्रदर्शन गरेको छ । ७५० मेगावाटको पश्चिम सेती जलविद्युत् आयोजना कार्यान्वयन हुन नसकेको भन्दै विरोधस्वरुप बैतडीको ढुंगाडमा आन्दोलन गरिएको हो ।
बैतडीको ढुंगाड र डोटीको तलाराको बीचमा रहेको स्थानमा बोलन्या थलीले ७५० डोकासहित विशाल जनसभा आयोजना गरेको थलीका संयोजक यादव जोशीले बताए । जनसभामा डडेल्धुरा, डोटी र बैतडीबाट डोका सहित प्रदर्शनकारी उपस्थित भएको उनले बताए ।
प्रदर्शनकारीले ‘आश्वासनका २८ वर्ष पश्चिम सेती कहिले बन्छ ?,’ ‘मृत सपना जिन्दा गर, पश्चिम सेती लागू गर,’ ‘सरकार बनाउछौँ मात्र भन्छ, पश्चिम सेती कहिले बन्छ,’लगायत नारा लगाएका थिए ।
कार्यक्रमका संयोजक जोशीले अब पनि राज्यले पश्चिम सेती निर्माण नगरे लडाकु दस्ता तयार पारेर संघर्ष गर्ने चेतावनी दिए । ‘पश्चिम सेतीका लागि अब सरकारले तत्काल निर्माण प्रक्रिया अगाडि नबढाए लडाकु दस्ता तयार पारेर संर्घष गर्छौं,’ उनले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।