कोरोना खोपको प्रभावकारिता रगत परीक्षणबाट पत्ता लाग्ने संकेत

रगत परीक्षणबाट कोरोना खोपको प्रभावकारिता पत्ता लाग्ने देखिएको छ । बाँदरमा गरिएको एक अध्ययनअनुसार खोपको प्रभावकारिताको पूर्वानुमान गर्न सकिने देखिएको हो ।

बेलायती जर्नल नेचरमा शुक्रबार प्रकाशित अध्ययनमा बाँदरको प्रतिरक्षा प्रणालीमा शरीरभित्र भित्रिने कोरोना भाइरसविरुद्ध लड्ने प्रणाली विकास भएको रक्त संकेतहरूले देखाएको बताइएको छ ।

अनुसन्धानकर्ताहरूले यस्तै किसिमका संकेतहरू मानिसमा पनि पाइने आशा जागेको बताएका छन् । बलिया संकेतहरू पाइएमा खोपले कोरोनाविरुद्ध काम गर्छ भन्ने कुरा प्रमाणित हुनेछ ।

यदि मानिसमा पनि त्यस्ता संकेत पाइएमा कोरोना खोप विकासको तीव्रतामा सघाउ पुग्ने विज्ञहरूले बताएका छन् । त्यस्तै अहिले लामो प्रक्रियाबाट समेत मुक्त हुने अनुसन्धानकर्ताहरूले बताएका छन् ।

‘यसले कोभिड खोप विकासको क्षेत्रमा अधिक तीव्र प्रगतिका लागि मार्ग प्रशस्त गर्नेछ’, अनुसन्धाता डा. दान बाराकले भने ।





  • प्रकाशित मिति : मंसिर २३, २०७७ मंगलबार १८:४२:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया