नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न रुस इच्छुक

रुसले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्ने इच्छा व्यक्त गरेको छ । विगतदेखि नै नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि प्रयास गरिरहेको रुसले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग आज पुनः आफ्नो इच्छा दोहोर्याएको हो । 

नेपालका लागि रुसका राजदूत एलेक्सी नोभिकभ नेतृत्वको टोलीले मन्त्री पुनसँग शिष्टाचार भेटवार्ता गर्दै विशेष गरी जलविद्युतमा लगानी गर्न सकिने बताएको हो । रुसका दुई ठूला बैंक लान्टा र मस्को इन्डस्ट्रियल बैंक नेपालको जलविद्युतमा लगानी गर्ने प्रस्ताव गरेको राजदूत नोभिकभले जानकारी दिए ।

त्यस्तो लगानी सरकार–सरकारबीचको सम्झौतामा गर्न चाहेको प्रतिनिधि मण्डलले जनाएको छ । राजदूत नेतृत्वको टोलीले नेपालमा जलविद्युत् उत्पादन र वितरणसम्बन्धी कानुनी व्यवस्था तथा क्षेत्रीय बजारको सम्भावनाबारे मन्त्री पुनसँग चासो राखेको थियो । 

यस्तै नेपालमा विद्युत् र सिँचाइका संयुक्त आयोजनाको सम्भाव्यताबारे पनि टोलीको चासो थियो । रसियन प्रतिनिधिमण्डलले उत्पादित विद्युत् आफ्नै उद्योगमा खपत गर्न सकिने–नसकिने विषयमा समेत मन्त्री पुनसँग जिज्ञासा व्यक्त गरेको थियो ।  

प्रारम्भिक चरणमा ‘पाइलट प्रोजेक्ट’का रुपमा कुनै आयोजनामा लगानी गर्ने र बजारको अवस्था बुझेर सरकारी र निजी दुवै क्षेत्रलाई नेपालमा लगानीका लागि प्रोत्साहित गरिने राजदूत नोभिकभले बताए ।





  • प्रकाशित मिति : मंसिर २३, २०७७ मंगलबार १९:४७:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया