कर्णालीमा थप एक जना कोरोना संक्रमितको मृत्यु

कर्णाली प्रदेशमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बिहीबार प्रदेश अस्पताल सुर्खेतमा उपचाररत दैलेखको गुराँस गाउँपालिका–५ का ८७ वर्षीया एक पुरुषको मृत्यु भएको हो । प्रदेश अस्पताल अन्तर्गतको कोभिड–१९ विशेष अस्पतालमा मंसिर १५ गते भर्ना गरिएका वृद्धको एक्सपर्ट विधिबाट गरिएको पिसिआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो । 

बिहीबारदेखि उनको रगतमा चिनीको मात्रा उच्च भएपछि इन्सुलिनबाट उपचार सुरु गरिए पनि अवस्था जटिल बन्दै गएपछि मृत्यु भएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । यो सँगै कर्णालीमा कोरोना संक्रमण पुष्टि भएकामध्ये २१ जनाको मृत्यु भएको छ । उनको शव व्यवस्थापनका लागि जिल्ला जनस्वास्थ्य र नेपाली सेनाले समन्वय गरिरहेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।





  • प्रकाशित मिति : मंसिर २५, २०७७ बिहीबार १३:५२:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया