भारतमा एकै दिनमा ३१ हजार ५२२ सङ्क्रमित

भारतमा गएको २४ घण्टामा थप ३१ हजार ५२२ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि कोरोना भाइरस सङ्क्रमितको संख्या ९७ लाख ६७ हजार ३७२ पुगेका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

जसमध्ये ९२ लाख ५३ हजारभन्दा बढी सङ्क्रमणमुक्त भएका छन् । सो मन्त्रालयका अनुसार हाल ३ लाख ७२ हजार २९३ व्यक्ति अझै सक्रिय सङ्क्रमित अवस्थामा छन् । भारतमा एकै दिन ५० हजारभन्दा कम सङ्क्रमित भेटिएको यो लगातार ३२ औँ दिन हो । 

भारतमा कोरोना भाइरस सङ्क्रमणबाट २४ घण्टामा थप ४१२ जनाको मृत्यु भएको र यो सहित भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ४१ हजार ७७२ पुगेको छ । 

भारतभरि सबभन्दा बढी कोरोना भाइरस प्रभावित राज्य महाराष्ट्रमा ७४ हजार ३१५ अझै पनि सक्रिय सङ्क्रमित रहेका बुधबार जनाइएको छ । महाराष्ट्रपछि केरलामा ६० हजार ६६ सक्रिय सङ्क्रमित अवस्थामा रहेका छन् ।

दिल्लीमा २० हजार ५४६ सक्रिय सङ्क्रमित रहेका छन् भने ५ लाख ६९ हजार २१६ व्यक्ति सङ्क्रमणबाट मुक्त भएका छन् । दिल्ली कोरोना भाइरस सङ्क्रमणको कारण ९ हजार ८१३ जनाको मृत्यु भएको छ ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले भारतमा कुल १५ करोड ७ लाख ५९ हजारको नमुना परीक्षण गरेको जनाएको छ । बुधबार एकै दिनमा ९ लाख २२ हजार ९५९ जनाको नमुना परीक्षण भएको थियो ।





  • प्रकाशित मिति : मंसिर २५, २०७७ बिहीबार १६:३:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया