प्रदेश १ मा थप १७५ कोरोना सङ्क्रमित

पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ६० महिलासहित १७५ कोरोना सङ्क्रमित थपिएका छन् । 

थपिएका सङ्क्रमितमध्ये सुनसरीमा ६१, मोरङमा ५५, झापामा ३४, ताप्लेजुङमा पाँच, धनकुटा र सङ्खुवासभामा दुई–दुई, खोटाङ, उदयपुर, इलाम र पाँचथरमा एक–एक तथा प्रदेशबाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या २८ हजार ६७७ पुगेको छ भने आज ४९ जनासहित अहिलेसम्ममा २३ हजार ४५२ जना निको भएर घर फर्किसकेका छन् । सोही अवधिमा ९३४ जनासहित अहिलेसम्ममा एक लाख ९९ हजार १५९ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।





  • प्रकाशित मिति : मंसिर २५, २०७७ बिहीबार १८:४९:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया