जापानमा जन्मदर बढाउन आर्टिफिसियल इन्टिलिजेन्सको सहारा

जापानमा चिन्ताजनक बन्दै गइरहेको जन्मदर बढाउन अब प्रविधिको प्रयोग हुने भएको छ । जापानमा जन्मदर निकै कम भएकाले त्यहाँ आर्टिफिसियल इन्टिलिजेन्स (एआई)को प्रयोग हुन लागेको हो । 

यसको प्रयोगले अब त्यहाँ युवाहरुलाई एक अर्काको जोडी खोज्न सहयोग पुग्ने छ । 

जापानले अबको वर्षपछि स्थानीय सरकारहरुलाई यसका लागि प्रोत्साहन गर्ने भएको छ । स्थानीय सरकारहरुले आफ्नो ठाउँमा प्रेमीप्रेमिका भेटाउन एआईको प्रयोग गरिसकेको भए वा अब प्रयोग गर्ने भए उनीहरुलाई त्यसका लागि बजेट दिने भएको हो ।

यसअघिको वर्ष जापानमा नयाँ बच्चा जन्मिने दर निकै कम भएको थियो । गत साल जापानमा ८ लाख ६५ हजार बच्चा मात्र जन्मिएका थिए ।

अर्कोतिर जापानमा अहिले वृद्धवृद्धाहरुको संख्या निकै बढिरहेको छ । यसका कारण चिन्तित भएको जापानले यो समस्या हल गर्नका लागि एआईको विकल्पलाई रोजेको हो ।

समाचार एजेन्सी एएफपीले जनाएअनुसार जापानी सरकारले अब यसका लागि आगामि वर्ष स्थानीय सरकारहरुलाई १ करोड ९० लाख अमेरिकी डलर  सहयोग गर्ने भएको छ । 



यसका कारण त्यहाँ प्रेम बढ्ने र बालबालिकाको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

त्यसो त अहिले पनि जापानमा त्यस्ता कम्पनीहरु धेरै छन् जसले प्रेमीप्रेमिका भेटाउने काम गरिरहेका छन् । यस्ता कम्पनीहरुले यसअघि नै एआईको प्रयोग गर्न थालिसकेका छन् । यो प्रविधिअनुसार कोही पनि व्यक्तिले आफ्नो नाम यसमा राखेको खण्डमा उसलाई मिल्न सक्ने व्यक्ति सिस्टममा नै खोजी हुन्छ ।



यसमा उमेर तथा विभिन्न अन्य क्राइटेरियाहरुलाई प्राथमिकतामा राखिएको हुन्छ । 

स्थानीय मिडियाहरुले जापानी सरकारको यो कदमको निकै स्वागत गरेका छन् । यो बजेट स्थानीय निकायलाई मिल्दा थप प्रभावकारी रुपमा यो काम अगाडि बढाउन सकिने उनीहरुले बताएका छन् । 

त्यहाँका एक क्याबिनेट मन्त्रीले भनेका छन्, ‘यसले पक्कै पनि हामीलाई एउटा ठूलो चिन्ताबाट हटाउने छ ।’

सन् २०१७ मा जापानको जनसंख्या १२ करोड ८० लाख थियो । तर, यो घट्दै गएर अबका केही वर्षमा ५० लाखमात्र हुनसक्ने अनुमान यसअघि गरिएको थियो । अनि अहिले जापानमा काम गर्ने युवा उमेर समूह निकै कम भएकाले पनि चिन्ता व्यक्त गरिएको हो ।

जापानको टेम्पल विश्वविद्यालयका सामाजिक साँस्कृतिक तथा चिकित्सा मानवविज्ञानी सचिको होरीगुचीले भनेका छन् छन् कि एआईको प्रयोग अहिलेका लागि निकै महत्वपूर्ण प्रमाणित हुनसक्छ ।

उनले भनेका छन्, ‘यसले पनि राम्रो गर्न सक्छ । तर, हामीले अब डेटिङलाई प्रोत्साहित गर्नु पर्ने हुन्छ । अनि त्यसका लागि घरमा काम गर्ने र बच्चाहरुलाई सम्हाल्ने रोबोटको विकासलाई हामीले प्राथमिकता दिन थाल्नु पर्छ ।’

  • प्रकाशित मिति : मंसिर २६, २०७७ शुक्रबार ८:१२:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया