भारतमा कोरोना संक्रमण मुक्त हुने ९२ लाख ९० हजार

भारतमा सङ्क्रमणमुक्त हुनेको संख्या ९२ लाख ९० हजार ८३४ जना पुगेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार हाल ३ लाख ६३ हजार ७४९ जना अझै सक्रिय सङ्क्रमित अवस्थामा छन् । भारतमा कुल संक्रमितको संख्या ९७ लाख ९६ हजार ७६९ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा थप २९ हजार ३९८ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

भारतमा एकै दिन ५० हजारभन्दा कम सङ्क्रमित भेटिएको यो लगातार ३३ औँ दिन हो । 

भारतमा कोरोना भाइरस सङ्क्रमणबाट २४ घण्टामा थप ४१४ जनाको मृत्यु भएको र यो सहित भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ४२ हजार १८६ पुगेको छ । 

भारतको राजधानी समेत रहेको दिल्ली कोरोना भाइरसबाट अत्यन्त प्रभावित भएको छ । यहाँ गत २४ घण्टामा १ हजार ५७५ व्यक्ति कोरोना संक्रमित भएका र संक्रमणको कारण ६१ जनाको मृत्यु भएको छ । 

भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले भारतमा कुल १५ करोड १६ लाख ३२ हजारको नमुना परीक्षण गरेको जनाएको छ । बिहीबार एकै दिनमा ८ लाख ७२ हजार ४९७ जनाको नमुना परीक्षण भएको थियो ।





  • प्रकाशित मिति : मंसिर २६, २०७७ शुक्रबार १६:१४:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया