बझाङमा टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ जना घाइते

बझाङमा टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । तल्कोट गाउँपालिका–३ को किरकिट्या भन्ने स्थानमा शनिबार बा३क ६०० नम्बरको नागार्जुन कन्स्ट्रक्सनको टिपर दुर्घटनामा परेको हो ।

दुर्घटनामा घाइते भएका मजदुरहरु मनोज गाह मगर र मनोज भट्टको उपचारका लागि जिल्ला अस्पताल सिमखेत ल्याउँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ । चालक भरत धामी, सहचालक गोविन्द विष्ट र मजदुर नेत्रबहादुर अधिकारी सामान्य भएका छन् । 

घाइतेहरुको उपचार जिल्ला अस्पतालमा भइरहेको छ । टिपर करिब सडकबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : मंसिर २७, २०७७ शनिबार १९:४५:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया