प्रदेश १ मा दुई लाखको पिसिआर परीक्षण

प्रदेश नं १ मा दुई लाख सर्वसाधारण नागरिकको पिसिआर परीक्षण गर्ने कार्य सम्पन्न भएको छ । 

एक लाख ३८ हजार ३५९ पुरुष र ६१ हजार ८१९ महिला गरी जम्मा दुई लाख १७८ जनाको पिसिआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालय कोभिड–१९ निगरानी, तथ्याङ्क सङ्कलन तथा अनुगमन समितिका संयोजक डा. रविन्द्र निरौलाले जानकारी दिए । 

परीक्षणमा २८ हजार ८१२ जनामा कोरोना सङ्क्रमण देखिएका छन् । पिसिआर परीक्षणमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले सबैभन्दा बढी ६३ हजार ९२६ जनाको परीक्षण गरेको छ । 

प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरले ४८ हजार ७४४, कोशी अस्पताल विराटनगरले ४१ हजार ९००, नोबेल शिक्षण अस्पतालले १८ हजार ७३०, मेची अस्पतालले १० हजार ९५८, कनकाई पिसिआर प्रयोगशालाले ६ हजार ९८३, विराट शिक्षण अस्पताल बुढीगङ्गा मोरङले चार हजार १४६, न्युरो अस्पतालले दुई हजार ८३२ र अन्य प्रयोगशालामा एक हजार ९५९ जनाको रहेको छ ।

प्रदेशमा पछिल्लो २४ घण्टाको अवधिमा ५८ जना सङ्क्रमित थपिएका छन् । अवधिमा गरिएको ४६२ जनाको पिसिआर परीक्षण गर्दा  झापा र सुनसरीका २०–२०, मोरङका १० मध्ये विराटनगरमा चार, इलामका चार, सङ्खुवासभा र प्रदेश १ बाहिरका दुई–दुईजनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

आज ४५ जना सङ्क्रमित निको भई घर फर्केका छन् भने हालसम्म निको हुनेको सङ्ख्या २३ हजार ५८२ पुगेको छ ।





  • प्रकाशित मिति : मंसिर २७, २०७७ शनिबार २०:२८:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया