बाबर आजमले टि–२० सिरिज गुमाउने

पाकिस्तानका कप्तान बाबर आजमले न्युजिल्यान्ड विरुद्धको टि–२० सिरिज गुमाउने भएका छन् । अभ्यासका क्रममा आइतबार औँलामा चोट लागेपछि उनले सिरिज गुमाउने पक्का भएको हो । 

आजमको औंला फ्याक्चर भएका कारण उनलाई कम्तीमा पनि १२ दिनको आराम चाहिएको पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले बताएको छ ।

पाकिस्तानले घरेलु टोली न्युजिल्यान्डसँग ३ खेलको टि–२० सिरिज खेल्नेछ । पहिलो खेल डिसेम्बर १८ मा अकल्यान्डको इडन पार्कमा हुनेछ । दोस्रो खेल डिसेम्बर २० मा हेमिल्टनको सिडन पार्कमा हुनेछ । तेस्रो खेल डिसेम्बर २२ मा नापियरको म्याकलेन पार्कमा हुनेछ ।  

आजम टेस्ट सिरिजका लागि टिममा उपलब्ध हुने आशा पिसिबीले लिएको छ । दुई खेलको टेस्ट सिरिज अन्तर्गत पहिलो खेल डिसेम्बर २६ देखि माउन्ट माउन्गुइन स्थित बेय ओभलमा हुने छ । दोस्रो खेल जनवरी ३ देखि क्राइस्टचर्च स्थित हेग्लेइ ओभलमा हुनेछ ।





  • प्रकाशित मिति : मंसिर २९, २०७७ साेमबार १२:२३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया