संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सिर्जनात्मक कला र साहित्यले नेपालको धार्मिक, सामाजिक र भौगोलिक एकतालाई प्रतिनिधित्व गर्ने बताएका छन् ।
नेपाल प्रज्ञा–प्रतिष्ठानको ६३ औं वार्षिकोत्सव तथा राष्ट्रिय कविता महोत्सव–२०७७ को अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै पर्यटन मन्त्री भट्टराईले साहित्य र कलाको माध्यमबाट देशको एकतालाई प्रतिनिधित्व गर्न सकिने बताएका छन् । साहित्य र कलाको माध्यमबाट देशमा जातीय सद्भाव, धार्मिक सहिष्णुता र भौगोलिक एकता कायम राख्न सकिने उनको भनाइ छ ।
मान्छेमा हुने आलोचनात्मक चेतलाई सम्मान गर्नुपर्ने तर त्यस्ता आलोचनात्मक चेत सिर्जनात्मक, समृद्धि र राष्ट्रिय एकताका लागि हुनुपर्ने पनि उनले बताए । यस्ता विषयहरुलाई साहित्यको विधामार्फत ल्याएर समाजलाई अगाडि बढाउन सकिने मन्त्री भट्टराईले बताए ।
प्राज्ञिक कविहरुले समाजका अग्रगामी विषयहरुलाई कलमको माध्यमबाट उजागर गर्न अझ बढी भूमिका खेल्नुपर्ने पनि मन्त्री भट्टराईले बताए । प्राज्ञिक व्यक्तिहरुले नै समाजलाई सही मार्गदर्शन दिन सक्ने भएकाले देशको एकता झल्काउने विषयमा कलम चलाउन सुझाव समेत दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।