नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित कविता राष्ट्रिय कविता महोत्सव २०७७ मा नुवाकोटकी कवि भैरवी भूगोल प्रथम भएकी छिन् । उनले ‘नेपालको गीत’ शीर्षकको कविताबाट प्रथम स्थान हासिल गरेकी हुन् ।
प्रतिष्ठानको ६७औँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित कविता समारोहमा लमजुङका कवि प्रज्ज्वल अधिकारी द्वितीय भएका छन् ।
त्यसैगरी समारोहमा तीन कविताले तृतीय स्थान पाएका छन् । तृतीय स्थान प्राप्त गर्ने कविहरुमा सोलुखुम्बुका गणेशप्रसाद खतिवडा, दोलखाकी देवकी अभिलाषी र रेजिना आपगाईं छन् ।
उनीहरुले क्रमशः आमाको आदेश, आमाः एक विश्वविद्यालय र समृद्ध नेपालको सपना शीर्षकका कविता प्रस्तुत गरेका थिए ।
यसअघि प्रज्ञाले ३० जना कविहरुको नाम ‘सर्ट लिस्ट’मा प्रकाशित गरेको थियो । उनीहरुमध्ये पाँजनालाई पुरस्कृत गरिएको प्रतिष्ठानका सदस्यसचिव जगतप्रसाद उपाध्यायले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।