कांग्रेस अब फेरि ठूलो पार्टी बन्छः डा.मीनेन्द्र रिजाल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.मीनेन्द्र रिजालले कांग्रेसमा जनताको आकर्षण नघटेको बताएका छन् । तनहुँको बन्दीपुर गाउँपालिका–२ खहरेमा आज आयोजित कार्यकर्ता भेटघाटमा नेता रिजालले जनताको भरोसा कांग्रेस पार्टीप्रति रहेको दाबी गरे ।

नेता रिजालले जनताको समस्यामा कांग्रेस सदैव साथ रहेकाले पार्टी जनताको मनमनमा बस्न सफल भएको बताए । गत निर्वाचनमा थोरै मतले कांग्रेस पराजित भए पनि आगामी निर्वाचनपश्चात् कांग्रेस ठूलो पार्टी बन्ने उनको दाबी थियो । ‘प्राविधिकरुपले चुनावमा पराजित भएका हौँ, अब फेरि कांग्रेस ठूलो पार्टी बन्छ,’ उनले भने ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराईले कांग्रेसलाई बलियो बनाउन पार्टीभित्रै एकता हुनुपर्नेमा जोड दिए । पार्टीका जिल्ला सभापति वैकुण्ठ न्यौपाने, बन्दीपुर गाउँ सभापति कर्ण खत्रीलगायतले कांग्रेसलाई बलियो पार्टी बनाउनुपर्ने बताए । 





  • प्रकाशित मिति : मंसिर ३०, २०७७ मंगलबार २०:३९:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया