बैतडीमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

बैतडीमा आज ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–८ का ट्याक्टर चालक २६ वर्षीय नरेशबहादुर विष्ट रहेका खोचलेक प्रहरी चौकीका इञ्चार्ज प्रहरी नायब निरीक्षक मोती बमले जानकारी दिए ।    

सुपप्र ०१ ००२ त ४९५७ नम्बरको ट्याक्टर गाउँपालिकाको सिल्लेगडा–माल्लेक सडकखण्डको घोडेधारमा दुर्घटनामा परेको हो । सिल्लेगडाबाट सरिया सिमन्ट बोकेर कुकुडेपानीतर्फ जाँदै गरेको ट्याक्टर तुसारो परेको सडकबाट चिप्लेको खोचलेक प्रहरी चौकीले जनाएको छ । 

उक्त ट्याक्टरमा अन्य चारजना पनि सवार रहेका भए पनि उनीहरु सकुशल रहेका प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल पठाइएको छ ।  ट्याक्टर सडकमै पल्टेको हो । 





  • प्रकाशित मिति : पुस २, २०७७ बिहीबार १८:२२:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया