प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा २२३ जना सङ्क्रमित निको भएका छन् । हालसम्म निको हुनेको सङ्ख्या २४ हजार २४६ पुगेको छ ।
निको हुनेमा होम आइसोलेसन र विभिन्न कोभिड अस्पतालमा रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यसैगरी प्रदेशमा उक्त अवधिमा ४६७ जनाको पिसिआर परीक्षण गर्दा २४ महिला र २३ पुरुष गरी जम्मा ४७ जनामा कोरोना पोजेटिभ थपिएका छन् ।
थप हुनेमा मोरङमा १९ मध्ये विराटनगरमा १५, झापामा १५, सुनसरीमा ११, सङ्खुवासभा र प्रदेश बाहिर एक–एकजना रहेको मन्त्रालयले जनाएको छ ।
यस प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या २९ हजार १८७ पुगेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।