दशभर थप १२ कोरोना संक्रमितको मृत्यु
नयाँ संक्रमितभन्दा कोरोनामुक्त हुने धेरै

पछिल्लो २४ घण्टामा देशभरमा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७७७ पुगेको छ  ।

पछिल्लो समय ७१० जनालाई कोरोना पुष्टि हुँदा १ हजार १७५ जना कोरोनामुक्त भएका छन् ।

शनिबार देशभर ४ हजार ७८० जनाको पिसिआर परीक्षण हुँदा ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५३ हजार १८४ पुगेको छ । यसैगरी २४ घण्टामा १ हजार १७५ संक्रमित  कोरोनामुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ४२ हजार ५६७ पुगेको छ ।

हाल नेपालमा ८ हजार ८४० सक्रिय कोरोना संक्रमित रहेका छन् । 





  • प्रकाशित मिति : पुस ४, २०७७ शनिबार १६:३०:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया