बैतडीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जिल्लाको मेलौली नगरपालिका वडा नं ९ असुरपाबाट मेलौलीतर्फ आउँदै गरेको सुप प्रदेश ०१००२ त ४५७७ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी ट्याक्टरमा सवार रहेका मेलौली नगरपालिका ९ का ३२ वर्षीय नारायण भट्ट र सोही ठाउँका ५८ वर्षीय नारायण भट्टको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । 

ट्याक्टर सडकबाट करिब एक सय मिटर तल खसेको थियाे । चालक अमृत चौधरी सामान्य घाइते भएको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : पुस ४, २०७७ शनिबार १९:५९:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया