प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रस्ताव राष्ट्रपति समक्ष राखेपछि यसले नेपाली राजनीतिमा नयाँ तरंग ल्याएको छ ।
संसद विघटनको सिफारिस मन्त्रिपरिषद्बाट गर्ने निर्णय भएसँगै अधिकांश नेता तथा कानुनविद्ले यसलाई गलत भनेका छन् ।
‘यो संविधानले कल्पना पनि गरेको छैन,’ कांग्रेस नेता डा. मीनेन्द्र रिजालले फरकधारसँगको कुराकानीमा भने, ‘आफूले पद गुमाउने हुँदा देशलाई नै कठिनाईमा धकेल्नु ठिक होइन ।’
पछिल्लो समय नेकपामा प्रधानमन्त्री केपी शर्मा ओली अल्पमतमा परेका छन् । यही कारण उनले संसद विघटनको प्रस्ताव गरेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।