कांग्रेस नेता तथा सांसद गगन थापाले अहिलेको अवस्था आउनुमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल जिम्मेवार रहेको बताएका छन् ।
आज विहान प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्नुको कारक उनीहरुको दलमा रहेको विवाद र यी दुई नेताले देखाएको हुतिहारापन जिम्मेवार भएको थापाले बताएका हुन् ।
संसद विघटनको विरोधमा बानेश्वरमा भएको विरोध कार्यक्रममा सम्बोधन गर्दै गगनले यस्तो बताएका हुन् ।
उनले आजको ओलीको कदम उनको अहंकारी प्रवृत्तिका कारण निम्तिएको पनि आरोप लगाएका छन् । समयमा नै प्रचण्ड र नेपालले ओलीविरुद्ध अविश्वासको प्रस्ताव नल्याउँदा अहिलेको यो कदम आएको पनि उनले बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।