प्रधानमन्त्रीको बचाउमा शंकर पोखरेलले लेखे– अविश्वास प्रस्ताव रोक्न बाध्यात्मक कदम

प्रदेश ५का मुख्यमन्त्री तथा नेकपा स्थायी समिति सदस्य शंकर पोखरेलले प्रधानमन्त्री केपी ओलीको कदमको बचाउ गरेका छन् । 

आइतबार साँझ सामाजिक सञ्जालमा स्टाटस लेख्दै पोखरेलले ओलीको कदमलाई बाध्यात्मक कदमका रुपमा व्याख्या गरेका छन् । 

‘पार्टी एकताको मर्मविपरीतको समीकरण, विधानविपरीतको पहिलो वरीयताका अध्यक्ष तथा प्रधानमन्त्रीका विरुद्धको संगीन आरोपसहितको प्रस्ताव र दलभन्दा बाहिरबाट अविश्वास प्रस्ताव दर्ताको चलखेल रोक्ने प्रयास असफल भएपछिको बाध्यात्मक कदमका रुपमा ताजा जनादेशमा जाने निर्णय आएको हो,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘पुरानो जनादेशको सान्दर्भिकता स्थापित नभएको अवस्थामा नयाँ जनादेश खोजी लोकतन्त्रमा स्वभाविक मानिन्छ । चुनावले लोकतन्त्र सुरक्षित र सुदृढ हुन्छ ।’ 

सो कदमका विरुद्ध भएका प्रदर्शनले प्रतिक्रियावादीलाई फाइदा पुग्ने भन्दै पोखरेलले गम्भीर र जिम्मेवार बन्न आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘सडक आन्दोलनको बाटोले प्रतिक्रियावादी र दक्षिणपन्थीहरुलाई फाइदा पुर्याउन सक्छ । गम्भीर र जिम्मेवार बनौँ ।’





  • प्रकाशित मिति : पुस ५, २०७७ आइतबार २०:२६:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया