आज वृहस्पति र शनि ग्रह नजिक हुँदै, कतिबेला ? कसरी हेर्ने ?

सौर्य मण्डलका दुई ग्रहहरू सोमबार राति नजिक हुँदै छन् । सबैभन्दा ठूलो ग्रह वृहस्पति र त्यसपछिको दोस्रो ठूलो ग्रह शनि धेरै वर्षपछि सोमबार राति नजिक हुन लागेको वैज्ञानिकहरुले जानकारी दिएका छन् । 

ग्रहहरूको गतिमा क्रममा देखिएको यो एक स्वभाविक प्रक्रिया भए पनि धेरै वर्षपछि यति नजिक आउन लागेकाले त्यो विशेष हुने खगोल शास्त्रीहरुको भनाइ छ । 

खगोलशास्त्रीहरुका अनुसार बृहस्पति र शनि ग्रह ग्रह हरेक २० वर्षको अन्तराल नजिक हुने गर्छन् । तर यसरी रातिको समयमा समयमा नजिक भएर अवलोकन गर्न सकिने अवस्था आठ सय वर्षपछि मात्र आएको हो । ।

आज शनि र वृहस्पति नेपाली समय अनुसार बिहान ९ बजेअघि नै उदाउने र साँढे ७ बजे अस्ताउने छन् ।  वृहस्पति र शनिभन्दा माथि त्यही समयमा अर्धचन्द्रमा समेत देखिने खगोलशास्त्रीहरुको भनाइ छ । 

यसरी यी ग्रह नजिक भएको नेपालका सबै ठाउँबाट देख्न सकिने उनीहरुले बताएका छन् ।  आज साँझ करिब ६ बजेदेखि  ७ बजे तिर यी दुई ग्रहलाई अवलोकन गर्दा स्पष्ट देखिन सकिने बताइएको छ । 





  • प्रकाशित मिति : पुस ६, २०७७ साेमबार १०:४८:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया