पछिल्लो २४ घण्टामा देशभर ७ जना कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा  देशभर ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार ७९५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३५१ जनाको पिसिआर परीक्षण गर्दा  देशभर ७४२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज थपिएकासँगै कोरोना संक्रमितको संख्या २ लाख ५४ हजार ५१४ पुगेको छ ।

यस्तै सोमबार  १ हजार ७९ संक्रमित कोरोनामुक्त भएका छन् । कोरोनामुक्त हुनेको संख्या २ लाख ४४ हजार ७४३ पुगेको छ ।

आज काठमाडौं उपत्यकामा ३११ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । 

अहिले देशभर ७ हजार ९७६ संक्रिय संक्रमित रहेका छन् । 





  • प्रकाशित मिति : पुस ६, २०७७ साेमबार १६:४०:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया