रुसका ६० प्रतिशत वयस्कलाई कोरोनाविरुद्धको खोप
प्रतीकात्मक तस्बिर

रुसका ६० प्रतिशत बयस्क उमेरका नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप लगाइने भएको छ ।

रुसी स्वास्थ्य मन्त्री मिखाइल मुरास्कोले एक अन्तरवार्ताका क्रममा पहिलो चरणमा ६० प्रतिशतलाई खोप दिइने जानकारी दिएका हुुन् ।

‘हामी करिब ६० प्रतिशत बयस्क उमेरका नागरिकलाई कोरोनाविरुद्ध खोप दिने छौँ,’ उनले भने,  ‘उनीहरुलाई हामी प्राथमिकतामा राखेको छौँ ।’

महामारीका कारण विश्वभर ७ करोड ७१ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । यस महामारीबाट मृत्यु हुनेको संख्या विश्वभर १६ लाखभन्दा बढी पुगेको छ ।

रुसमा मात्र कोरोना संक्रमितको संख्या २८ लाख १९ हजार चार सय २९ पुगेको तथ्यांक छ भने २२ लाख ५४ हजार ७ सय ४२ जनामा संक्रमण मुक्त भएको छ । त्यसैगरी, रुसमा ५० हजार ३ सय ४७ जनाको संक्रमणबाट मृत्यु भएको छ ।





  • प्रकाशित मिति : पुस ९, २०७७ बिहीबार १४:४६:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया