दैलेखका ८५ वर्षीया पुरुषको कोरोनाबाट मृत्यु

कोरोना संक्रमित दैलेखका ८५ वर्षीया एक पुरुषको मृत्यु भएको छ । नारायण नगरपालिका २, दैलेख निवासी ती पुरुषको उपचारका क्रममा प्रदेश अस्पताल, सुर्खेत बिहीबार मृत्यु भएको हो ।

सास फेर्नमा कठिनाइ, खोकी, ज्वरो र खानामा रुचि नहुने समस्या सहित २०७७ मंसिर २६ गते उनलाई प्रदेश अस्पतालको इमर्जेन्सी विभागमा भर्ना गरिएको थियो । सोही दिन जिन एक्सपर्ट पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।  कोरोना संक्रमण पुष्टि भएपछि उनलाई आइसियुमा भर्ना गरी उपचार गरिरहेकै अवस्थामा मृत्यु भएको हो ।

मृतक पुरुषको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेत र नेपाली सेनाको सहयोगमा शव व्यवस्थापन गरिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । यो सँगै कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ ।





  • प्रकाशित मिति : पुस १०, २०७७ शुक्रबार १२:३२:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया