वकिलले 'ल्याप्छे' भनेपछि प्रधानन्यायाधीशको जवाफ : तपाईंको बहस म सुन्दिनँ

काठमाडौं : संसद विघटनको निर्णयविरुद्ध परेका १२ वटा रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफूसहित पाँचजना न्यायाधीशको इजलास तोकेर सुनुवाइ सुरु गरेका हुन्।

शुक्रबारको सुनुवाइका क्रममा केही रोचक दृश्य देखिए। सबै रिटलाई एकै ठाउँ राखेर सुनुवाइ गरिरहेका प्रधानन्यायाधीश राणा र एकजना अधिवक्ताबीच अनौठो संवाद भयो। संसद विघटनविरुद्धको बहसका क्रममा  एकजना वकिलले सरकारको निर्णयलाई 'ल्याप्छे' नलगाउन आग्रह गरे। तर उनले भन्नुपर्ने थियो 'ल्याप्चे।'

त्यसपछि प्रधानन्यायाधीश राणा झोंक्किए। उनको प्रश्‍न थियो 'के हो 'ल्याप्छे' भन्या ! यस्तै मात्र बोल्न आउँछ?', त्यसपछि ती वकिलले आफ्नो बचाउ गर्दै पत्रकारले यस्तो बोल्ने गरेको भन्दै पन्छिन खोजे। तर प्रधानन्यायाधीश राणा रोकिनेवाला थिएनन्। उनले जवाफ फर्काए, 'बस्नुस्,! बस्नुस्, तपाईंको बहस सुन्दिनँ म बस्नुस्।' 

त्यसपछि ती वकिलले बहस गर्न पाएनन्, उनी बसे।  ती वकिल बसेपछि अर्की अधिवक्ता अनिता गौतम पौडेल बहसमा सहभागी भइन्। उनले बहसका क्रममा सरकारको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले इन्कार नगरी हतार हतारमा निर्णय गरेको तर्क गरिन्। 

आजको बहसमा प्रन्या राणाले संविधानमा प्रतिनिधिसभा विघटनको व्यवस्था रहेको संकेत गरेका छन्। सरकारले गरेको संसद विघटनाका १२ वटा रिटविरुद्ध शुक्रबार भइरहेको बहसका क्रममा प्रधानन्यायाधीश राणाले २०४७ को संविधानमा स्पस्ट गरिएको यो व्यवस्था अहिलेको संविधानमा पनि रहेको संकेत गरेका हुन्। उनले अहिलेको संविधानमा पनि सैद्धान्तिक रुपमा संसद विघटन गर्न सक्ने व्यवस्था रहेको उल्लेख गरेका हुन्। 





  • प्रकाशित मिति : पुस १०, २०७७ शुक्रबार १४:२:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया