ओलीका मन्त्री टोपबहादुरः चार नम्बरमा, विष्णु पौडेलभन्दा अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री बनाएका नेकपा नेता टोपबहादुर रायमाझी ओली सरकारका चार नम्बरका मन्त्री भएका छन् ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी पाएका रायमाझी प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादलपछिको वरियतामा रहेका छन् । 

रायमाझीलाई वरियतामा अर्थमन्त्री तथा ओलीनिकट नेता विष्णु पौडेलभन्दा अगाडि राखिएको छ । रायमाझी नेकपा स्थायी कमिटी सदस्य हुन्, पौडेल चाहिँ नेकपा सचिवालय सदस्य नै हुन् । 

यसअघि ओली प्रधानमन्त्री हुँदा नै रायमाझीलाई उपप्रधानमन्त्री समेत बनाइएको थियो । तर, यसपटक उनलाई ऊर्जा मन्त्रालयको मात्र जिम्मेवारी दिइएको छ ।

वरियतामा पौडेलपछाडि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली रहेका छन् ।





  • प्रकाशित मिति : पुस १०, २०७७ शुक्रबार २१:५५:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया